काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गर्ने तयारी गरेका छन्।
शिक्षक आन्दोलन चर्किँदै गएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा पन्तलाई जिम्मेवारी दिने तयारी भएको बालुवटार स्रोतले जानकारी दियो।
विश्वस्त स्रोतका अनुसार ठूलै उतारचढाव भएन भने पन्तले भोलि बिहीबार शपथ ग्रहण गर्नेछन्। प्रधानमन्त्री कार्यालयको आग्रहपछि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहणका लागि तयारी अघि बढाउन निर्देशन दिएका छन्।
पन्त यस अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्। उनी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख राजनीतिक सल्लाहकार समेत भइसकेका व्यक्ति हुन्।
हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य छन्।
Facebook Comments Box