काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तको शपथ ग्रहण बिहीबार हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
गत वैशाख ८ गते विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा एमालेले पन्तलाई मन्त्री बनाएको हो ।
पन्त एमालेका समानुपातिक सांसद हुन् ।
Facebook Comments Box