काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबारको म्याच हेर्न दशरथ रंगशाला पुगेका ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोसले फ्रि-किक हानेका छन्।
धनगढी एफसी र पोखरा थण्डर्सबीचको क्वालिफायर टू म्याच हेर्न दशरथ रंगशालमा उपस्थित भएका ब्राजिलियन फुटबलर कार्लोसले फ्रि-किक हानेका हुन् ।
उनले खेलको हाफ टाइममा फ्रि-किक हाने । नेपाली गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए ।
कार्लोसको पहिलो प्रहार समितले बचाए भने दुई प्रहारमा गोल गरेका थिए ।
Facebook Comments Box