झापा- इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टको सरुवा भएको छ।
विष्टको नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्सालमा सरुवा भएको हो।
उनको ठाउँमा विजय श्रेष्ठ आउने भएका छन्। श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक उडानतर्फ काठमाडौँबाट आउन लागेका हुन्। विष्टले गत वर्षको चैत १४ गतेदेखि बिर्तामोड प्रहरीको कमाण्ड सम्हालेका थिए।
प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ। बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरिएको हो।
Facebook Comments Box
