Author: खबरमञ्च
बेलबारी (मोरङ)- सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए। प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई…
झापा- काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले ‘लोकतन्त्र पोस्ट’ म्यागजिनको लोकार्पण समारोहको अवसरमा आइतबार झापाका १५ जना प्रतिभाशाली युवाहरूलाई ‘पौरखी जेनजी’ सम्मान प्रदान गरेको छ। श्रम, सिर्जना र आत्मनिर्भरताको मार्गमा लागेका २८ वर्ष मुनिका युवा पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान आयोजना गरिएको हो। विशेष गरी जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको म्यागजिनको विमोचनसँगै उनीहरूको योगदानको कदर गरिएको हो। विभिन्न विधामा आफूलाई अब्बल साबित गरेका १५ युवाहरूमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराते खेलाडी कृपा चापागाई, डा. चेवनराज कार्की, र गायिका रचना रिमाल रहेका छन्। त्यस्तै, नवप्रवर्तक सविन बास्कोटा, गायक अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण…
झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टा–लौकही सडक खण्ड विस्तारको काम सुरक्षा अभावका कारण अनिश्चितकालका लागि रोकिएको छ। निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीले कामदार र चालकमाथि भौतिक आक्रमण तथा धम्की आएको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम अघि नबढाउने घोषणा गरेको हो। कम्पनीले विशेषगरी स्थानीय केही व्यक्तिहरूको अवरोध र ७ वटा सवारी साधन (टिपर) प्रहरी नियन्त्रणमा रहेको विषयलाई मुख्य मुद्दा बनाएको छ। निर्माण कम्पनीका प्रतिनिधि उज्ज्वल प्रसाईंका अनुसार बिर्तामोडका सुरेश आलेमगर, राज आङ्देम्बे र उप्रेती थरका एक व्यक्तिले विगत २० दिनदेखि कन्काई नगरपालिका क्षेत्रमा काममा अवरोध पुर्याउँदै आएका छन्। सुरेश आलेमगर नेकपा निकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष हुन् भने राज…
झापा- झापाको बिर्तामोड बसपार्क क्षेत्रका बासिन्दाहरू आफ्नो जायजेथा रोक्का भएको दुई वर्ष बितिसक्दा पनि समाधान नभएपछि आन्दोलित भएका छन्। राजनीतिक दलका नेताहरूले पटक-पटक आश्वासन दिएर ठग्ने काम मात्र गरेको भन्दै स्थानीयले आसन्न निर्वाचनको मुखमा उम्मेदवारहरूलाई बसपार्क क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन्। ५१ विघे बसपार्क समन्वय समितिका अनुसार सबै राजनीतिक दललाई गुहार माग्दा पनि कसैले ठोस पहल नगरेकाले बाध्य भएर कडा कदम चाल्नु परेको हो। समन्वय समितिका सहसचिव शिवराज पौडेलका अनुसार स्थानीयले तत्कालीन सभामुख तथा झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेदेखि वर्तमान प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसम्मलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए। नेता घिमिरेले…
झापा- राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलित तर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिला तर्फ रोशनी मेचे निर्वाचित भएका छन् । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए । कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् । उनले ७ हजार १ सय ७३ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २…
काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । आयोगका अनुसरा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।
काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा होमिने निष्कर्ष निकालेको हो। यसअघि निर्वाचनपछि मात्र संसदीय दलको नेता चयन गर्ने परम्परा रहे पनि यसपटक कांग्रेसले चुनाव अगावै उम्मेदवार घोषणा गर्ने नयाँ रणनीति अख्तियार गरेको छ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए, जसलाई केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरेको छ। प्रस्ताव पारित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति शर्माले थापालाई नै किन प्रधानमन्त्री बनाउनुपर्छ भन्नेबारे सातवटा ठोस कारणहरू समेत प्रस्तुत गरेका थिए। उनले यो…
ताप्लेजुङ- रास्वपाका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्। आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन्। चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन्। शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए ।
झापा- झापाको गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद भएको छ । बिहिबार दिउँसो १२ बजे गौरीगञ्ज १ कुञ्जीबारीस्थित नेपाल –भारत सिमानामा प्रहरी चौकी कुञ्जिबारी र बीओपी कुञ्जिबारीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ३ प २९६८ नम्बरको मोटरसाइकलमा चालक तत्काल नामथर वतन नखुलेका पुरुषले चेकिङ टोलीलाई देख्नसाथ मोटरसाइकल छोडेर फरार भएका थिए । मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र रहेको चिनीमा लुकाएर प्लास्टिकले पोको पारेको १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउनसुगर र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४…