Author: खबरमञ्च

झापा- आगामी निर्वाचनका लागि झापाका विभिन्न निर्वाचन क्षेत्रबाट १८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसरी उम्मेदवारी दिनेहरूमध्ये वरिष्ठ कानुनविद् प्रा.डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्। हिजो दिउँसो अर्जुनधारा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गरेपश्चात स्थानीय सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. संग्रौलाले आफू हारजितको परम्परागत खेलभन्दा माथि उठेर नयाँ विचार र अभियान स्थापित गर्न चुनावी मैदानमा उत्रिएको बताए। उनले आफ्नो उम्मेदवारीलाई एउटा वैचारिक आन्दोलनको रूपमा व्याख्या गरे। त्यसैगरी, राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले पनि झापा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले…

Read More

झापा- झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह र सोही पार्टीकी उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा राना मगरबीच बिर्तामोडमा विशेष भेटवार्ता भएको छ। हिजो दमकमा आफ्नो उम्मेदवारी दर्ता गराएर साँझ बिर्तामोड आइपुगेका शाहले क्षेत्र नम्बर २ की उम्मेदवार राना मगरसँग भेट गरी चुनावी तालमेल र रणनीतिका विषयमा छलफल गरेका हुन्। भेटका क्रममा दुई उम्मेदवारबीच चुनावी माहोललाई थप प्रभावकारी बनाउने र एक-अर्काको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा संवाद भएको बुझिएको छ। शाहको सचिवालयका अनुसार उम्मेदवार राना मगरलाई निर्वाचनमा थप बल पुर्‍याउन र पार्टीको पक्षमा जनलहर सिर्जना गर्न बालेनसहितको टोली झापामा सक्रिय भएको हो। पेशाले इन्जिनियर…

Read More

दमक — आगामी निर्वाचनको मुखमा झापा ५ मा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झड्का लागेको छ। नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारी र क्रियाशील सदस्यतासमेत परित्याग गरेको घोषणा गरेका छन्। आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै प्रसाईंले माघ ६ गतेदेखि लागू हुने गरी कांग्रेससँगको सम्पूर्ण औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन्। उनले अबको आफ्नो राजनीतिक यात्रा कुनै पद, कुर्सी वा झण्डाका लागि नभई देशमा वास्तविक परिवर्तन ल्याउनका लागि केन्द्रित हुने स्पष्ट पारेका छन्। प्रसाईंले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर…

Read More

झापा— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगले तोकेको बिहान १० देखि साँझ ५ बजेसम्मको समयभित्र विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी कुल ८१ जनाले प्रत्यक्षतर्फ आफ्नो मनोनयन दर्ता गराएका हुन्। क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ नेकपा एमालेका रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र राप्रपाका हेमराज कार्की मुख्य प्रतिस्पर्धामा देखिएका छन्। त्यसैगरी, क्षेत्र नं. २ मा १८ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट देवराज घिमिरे, नेपाली…

Read More

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट…

Read More

झापा- धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । यस दुखद दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार, तीव्र गतिमा रहेको बस सडक छेउमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा सञ्चालित ‘न्यू सभा मेडिकल’ मा गएर ठोक्किएको थियो । सोही क्रममा ५ जना यात्रुको घटनास्थलमै ज्यान गएको हो । हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाका घाइतेहरूलाई तत्काल…

Read More

झापा- झापाका मुख्य निर्वाचन अधिकृत तथा जिदालत अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न/गराउन निर्देशन दिएका छन्। उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेजसमेत हुनसक्ने चेतावनी दिए। उनले भने, ‘यो नैतिक मात्र होइन, बाध्यकारी नियम हो। यो लिगल डकुमेन्ट हो। भोलि आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी खारेजसमेत हुनसक्ने भएकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न/गराउन म आग्रह गर्दछु।’ आइतबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षीय छलफलमा मुख्य निर्वाचन अधिकृत लुइँटेलले मनोनयनका बेलादेखि नै आचारसंहिता उल्लंघनका घटना बाहिन आउनसक्ने भएकाले सचेत रहन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। मनोनयन दर्ता गर्ने दिन २५…

Read More

झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि झापामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया अघि बढेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस पटक निर्वाचन सुरक्षाका लागि कुल ५ हजार ४७९ जनाले आवेदन फाराम भरेका छन्। नेपाल प्रहरीतर्फ ४ हजार ३०८ र सशस्त्र प्रहरीतर्फ ४८९ जना गरी कुल ४ हजार ७९७ जनाको कोटा निर्धारण गरिएकोमा मागभन्दा ६८२ जना बढीले मात्र आवेदन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार आवेदन दिनेहरूमा पुरुषको संख्या ३ हजार ९८३ र महिलाको संख्या १ हजार ५२९ रहेको छ। नेपाल प्रहरीका लागि ५ हजार २०१ जनाले…

Read More

झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र नम्बर ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामाङलाई आफ्नै निवासमा बोलाएर उम्मेदवारीको टिकट हस्तान्तरण गरेका हुन्। झापा–५ लाई यसपटक निकै चासोका साथ हेरिएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह पनि उम्मेदवार बन्ने चर्चा छ। रास्वपाले शाहलाई आगामी चुनावपछिको प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको अवस्थामा नेकपाले युवा नेता तामाङलाई मैदानमा उतारेको हो। टिकट पाएपछि नेता तामाङले आफूलाई पार्टी संयोजक दाहालले विश्वास…

Read More

झापा- नेपाली कम्युनिस्ट पार्टीका झापा संयोजक राजु आचार्य ‘अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै २७ वर्ष लामो राजनीतिक यात्रा टुङ्गिएको जानकारी दिएका हुन्। आचार्यले फेसबुकमा लेखेका छन्, “प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य भएको छ, अबको जीवन स्वतन्त्र नागरिकको हैसियतमा अगाडि बढ्नेछ।” पार्टीभित्र जिल्ला प्रभाव जमाएका आचार्यको बहिर्गमनले पार्टीलाई हानी हुने पार्टीका नेताहरूले बताएका छन्। पार्टी छोड्नुको मुख्य कारण उम्मेदवार छनोट र टिकट वितरणमा देखिएको असन्तुष्टि रहेको उनले स्पष्ट पारेका छन्। उनले स्थानीय स्तरबाट धेरै मेहेनत गरेर…

Read More