Author: खबरमञ्च
झापा — साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई ३-० को फराकिलो अन्तरले स्तब्ध पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतालाई पहिलो चरणबाटै घर फर्काएको हो। खेलको सुरुवाती समयदेखि नै आक्रामक बनेको आर्मीले २७ औँ मिनेटमा नविन लामाको गोलमार्फत अग्रता लिएको थियो। दिनेश हेञ्जनको पासलाई लामाले वान टचमा जाली चुमाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले आकर्षक ‘एक्रोब्याटिक’ प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि दबाब कायम राखेको आर्मीका लागि जर्जप्रिन्स कार्कीले २५ यार्ड…
झापा- झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको एनेस्थेसियामा प्रयोग हुने घातक औषधि भरिएको सिरिन्ज (सुई) प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। बिहीबार साँझ भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको घाँटीमा ‘प्रोपोफोल’ नामक औषधि सुईमार्फत शरीरमा पठाएर हत्या गरिएको प्रहरीले जनाएको छ। शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने यो औषधिको उच्च मात्राका कारण ढकालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले आफ्नै कलेजमा पढ्ने एक कनिष्ठ (जुनियर) छात्राका बुबा ढकाललाई…
झापा- झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण)’ मा आयोजक झापा–११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलको सुरुवाती अग्रता भने नेपाल पुलिस क्लबले लिएको थियो। १२ औँ मिनेटमा धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले उत्कृष्ट गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए। तर, पहिलो हाफको इन्ज्युरी समयमा झापाका शिशिर लेखीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले राजेश दाहालको प्रहारलाई सदुपयोग गर्दै डिबक्स भित्रबाट गोल गरेका थिए। खेलको ५९ औँ…
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाली फुटबलको विद्यमान संरचना र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै फुटबललाई विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौंमा भइरहेको राष्ट्रिय लिगमा दर्शकको न्यून उपस्थितिप्रति दुखेसो पोखेका छन्। लिगका खेलहरूमा २-३ सय दर्शक पनि नदेखिनुले नेपाली फुटबलको लोकप्रियतामा प्रश्न उठाएको भन्दै उनले फुटबल सकिन लागेको भान हुन थालेको टिप्पणी गरेका छन्। शाहले काठमाडौंको तुलनामा मोफसलमा फुटबलको छुट्टै क्रेज रहेको उल्लेख गरेका छन्। मोफसलमा आयोजना हुने गोल्डकपहरूमा दैनिक हजारौँ दर्शकको उपस्थिति हुने र फाइनल खेलमा टिकट नै नपाउने अवस्था रहनुले फुटबलप्रतिको आकर्षण अझै बाँकी रहेको उनको तर्क छ। “काठमाडौंमा…
काठमाडौँ- नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन्। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह उचाइ, चर्चा र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ। विशेषगरी चलचित्र ‘चिनो’ मा निभाएको ‘राते काइँला’ को भूमिकाबाट उनी दर्शकमाझ अत्यन्तै चर्चित थिए। नेपाल र भारतका थुप्रै चलचित्रहरूमा आफ्नो अभिनयको जादु छरेका थापाका परिवारका अन्य सदस्यहरू हाल भारतको मुम्बईमा…
झापा- झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २.१० बजे शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार सिरहा लाहान बस्ने अन्दाजी बर्ष ३५ का रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । फाईवर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासि छेउको माटोको ढिस्को भत्किएर उनी पुरिएका थिए । घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३.३५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा- भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।
खोटाङ- भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने…
झापा- नेकपा (एमाले)बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्। प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभालाई बिर्तामोडमा सम्बोधन गर्दै उनले देश अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरे।घिमिरेले गत भदौ २३ र २४ गते भएको राजनीतिक विध्वंशपछि यो निर्वाचन घोषणा गरिएको स्मरण गराउँदै वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिए। “यो निर्वाचन सधैँको जस्तो सामान्य चुनाव होइन,” उनले भने, “संविधानमाथि प्रहार गरी बनाइएको असंवैधानिक सरकारको जगमा यो घोषणा गरिएको छ।” संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारकर्मीहरूको भूमिका अहम् हुने चर्चा गर्दै पूर्वसभामुखसमेत रहेका घिमिरेले पत्रकारहरूलाई जिम्मेवार…
झापा- झापाको कमल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको छ। कमल गाउँपालिका वडा नं. २ स्थित जयकुमार अधिकारीको दुई तले पक्की घरमा मध्यरात १२:१५ बजे अपरिचित समूहले ढुङ्गा प्रहार गरेको हो। उक्त घरको माथिल्लो तलाको पूर्वतर्फ रास्वपाको सम्पर्क कार्यालय रहेको छ भने दक्षिणतर्फ घरधनीको परिवार बसोबास गर्दै आएका छन्। अज्ञात व्यक्तिले प्रहार गरेको ढुङ्गा लागेर घरको एउटा झ्यालको सीसा फुटेको छ। ढुङ्गा प्रहारबाट मानवीय क्षति भने भएको छैन।घटनाको जानकारी पाएलगत्तै आज बिहान ९ बजे प्रहरी चौकी तोपगाछीबाट प्रहरी सहायक निरीक्षक धनकुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान र…