झापा- झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २.१० बजे शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार सिरहा लाहान बस्ने अन्दाजी बर्ष ३५ का रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
फाईवर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासि छेउको माटोको ढिस्को भत्किएर उनी पुरिएका थिए ।
घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३.३५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
