Author: खबरमञ्च
कैलाली । सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनसहित मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। सभामुखसहित ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना गरि मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी गराएका छन । मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमालेका १० र राप्रपाका १ गरि ११ जनाले विपक्षमा मतदान गरेको सचिव बोगटीले जानकारी दिए ।
काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले गरेको आदेशप्रति आपत्ति जनाएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गरी बदर भइसकेको निवेदनलाई सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले पुनः दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । ‘यस पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्राही भावनाले ग्रसित भई दायर भएको…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जाने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक…
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। प्रचण्डले माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्। शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनू, कांग्रससँग मिलेर जानू’ प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दै भट्टनिकट स्रोतले नेपालखबरसँग भन्यो। त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा ३…
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन्। एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताएका हुन्। ‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छु, उनले भने, हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्याउनुपर्दछ ।’ उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिए। उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे ।…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले विद्यार्थी संगठनबीच निरन्तर झडप भएकोले लमजुङ कृषिमा क्याम्पसमा निर्वाचनको कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । आयुर्वेद क्याम्पमा तालाबन्दी भएकोले हाललाई कार्यक्रम स्थगित गरिएको छ । दुवै क्याम्पसले स्थगित भएको ३० दिनभित्रमा पुनः निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ । त्रिविले ३ दिनअघि कुलपति एवं प्रधनमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको थियो । प्रम दाहालको पछिल्लो निर्देशनअनुसार त्रिविले निर्वाचनलाई पूर्ण रूपमा अघि…
कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारलाई विश्वासको मत नदिने मनस्थिति बनाएको छ। आज विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री कमल शाहलाई भेटेर माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन नसक्ने बताएका हुन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको भन्दै भट्टले पावर सेयरिङमा मुख्यमन्त्रीको विषय पनि समेटिनु पर्ने बताए। ‘हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनु पर्छ’ उनले भने ‘यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ । ’
बिर्तामोड । प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ का सांसद देवराज घिमिरेले बिर्तामोड नगर अस्पताल गरिब जनताको उपचार गर्ने भरपर्दो अस्पताल बन्नु पर्ने बताएका छन् । शनिबार बिर्तामोड नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै सभामुख घिमिरेले अस्पतालको संरक्षण स्थानीयबासीले नै गर्नुपर्ने बताए । उनले १५ शैयाको बिर्तामोड नगर अस्पताल निजी अस्पतालहरूको विकल्पको रुपमा स्थापित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘गरिब जनता निजी अस्पतालमा जानसक्ने अवस्था छैन । त्यसैले यो अस्पतालले त्यस्ता जनतालाई भरपर्दो उपचार गर्नुपर्छ ।’ अस्पतालको सञ्चालनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सामान्य स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै केन्द्र तथा प्रदेश सरकारको…
काठमाडौं। विभागीय टोली एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् सुरुवात गरेको हो। एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एकरएक गोल गरे। खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत् गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए। जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ। त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले स विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस…
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने प्रस्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विश्वासको मत दिन लिखित हस्ताक्षर आवश्यक रहेको बताएकी हुन् । भोलि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् । यसै बिचमा उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष श्रेष्ठले पार्टीको धारणा बताएकी हुन् । ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ सन्दर्भ उल्लेख नगरी उनले सामाजिक सञ्जालमा लेखेकी छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् ।