कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारलाई विश्वासको मत नदिने मनस्थिति बनाएको छ।
आज विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री कमल शाहलाई भेटेर माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन नसक्ने बताएका हुन्।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको भन्दै भट्टले पावर सेयरिङमा मुख्यमन्त्रीको विषय पनि समेटिनु पर्ने बताए।
‘हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनु पर्छ’ उनले भने ‘यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ । ’
Facebook Comments Box
