काठमाडौं। विभागीय टोली एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् सुरुवात गरेको हो।
एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एकरएक गोल गरे। खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत् गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए। जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ।
त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले स विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एकरएक गोल गरे।
Facebook Comments Box
