कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने प्रस्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विश्वासको मत दिन लिखित हस्ताक्षर आवश्यक रहेको बताएकी हुन् ।
भोलि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् । यसै बिचमा उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष श्रेष्ठले पार्टीको धारणा बताएकी हुन् ।
‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ सन्दर्भ उल्लेख नगरी उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् ।
Facebook Comments Box
