Author: खबरमञ्च

काठमाडौं। मन्त्रालयको बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रालय भागबण्डादेखि न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ। सत्ता साझेदार ११ दलमा मन्त्रालय र मन्त्रालयको संख्यामा विवाद हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। मंगलबारको बैठक निर्णायक हुने भनिएको छ। सत्ता साझेदार सबै दलका शीर्ष नेताहरूको छलफल बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।

Read More

बिराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार विराटनगरमा झडप भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । अहिले प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा १२ जना भन्दी बढी घाइते भएका छन् । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको हो । सोमबार प्रदेश सरकारले मृतक लिम्बुको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय…

Read More

पाल्पा। ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत लुम्बिनी प्रदेश भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको अवलोकन गरेका छन् । मंगलबार गुल्मीबाट स्थलमार्ग हुँदै पाल्पा जानेक्रममा ओलीले कालीगण्डकी नदीमाथि रहेको तीन मुखे पुलको अवलोकन गरेका हुन् । प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रको कालीगण्डकी नदीमाथि बनेको तीनमुखे पुल अहिले पर्यटकको आकर्षण बन्ने गरेको छ शनिबार कपिलबस्तु पुगेका ओली, आइतवार अर्घाखाँचीको कार्यक्रममा सहभागी भएर सोमबार बिहान गुल्मी पुगेका थिए। गुल्मीबाट आजबिहान पाल्पाका लागि निस्किएका हुन्। गुल्मीमा रहँदा ओलीले रेसुंगा क्षेत्रको अवलोकन गरेका थिए । पाँच दिने भ्रमणअन्तर्ग भोलिविहान पाल्पाबाट ओली रुपन्देहीका लागि निस्कनेछन्। त्यहाँको कार्यक्रम सकेर भोलिनै…

Read More

काठमाडौं । सुपरस्टार शिव श्रेष्ठले “शिव दाई” नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । उनले संगलबार आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जानकारी दिएका हुन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् । विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । श्रेष्ठले आफ्नो कार्यक्रम मार्फत सहकार्यको ४१ वर्ष समावेश गर्ने बताएका छन् । उनले भने ‘आज मैले रोकेर आफुलाई रोक्न सकिन…

Read More

काठमाडौं । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले सर्वोच्च अदालतमा न्यायाधीशको दरबन्दी अनुसार संख्या नहुँदा न्याय निरुपणमा ढीलाई भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले अदालतमा परेको मुद्दाको संख्या धेरै तर, सर्वोच्चमा न्यायाधीशको रिक्त पाँच पदको पूर्ति नहुँदा त्यसको असर मुद्दा फर्छौटमा परेको र त्यसको शीघ्र पदपूर्ति गराउन माग गरेका छन् । उनले भने ‘पेसीको व्यवस्थापन गरिरहँदा खेरि मुद्दाहरुको समुह एक्काइस जना न्यायाधीशलाई लक्षित गरेर समुह बन्ने हुनाले हाम्रा मुद्दामा सेवाग्राहीलाई धेरै ठूलो चाप पर्यो। न्यायाधीश संख्या अपर्याप्त हुँदाखेरि समयमै न्याय निरुपण हुन नसकेको कारणले मुद्दाका समुह स्थिर भएकोले सेवाग्राहीलाई अत्यन्त ठूलो कठिनाई महशुस भएको छ ।’…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन तीन मन्त्रालय पाउनै पर्ने बताएको छ। पार्टी कार्यालय बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले वर्तमान सरकार जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै तीन मन्त्रालय आफूहरुको बटमलाइन रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’ प्रवक्ता खतिवडाले बिहान भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए । प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् ।

Read More

काठमाडौं। मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ। बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन्। वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी…

Read More

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बसिरहेको छ। समसामयिक राजनीति र मन्त्रीको विषय टुंगो लगाउन सचिवालय बैठक बोलाइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।  मंगलबार बिहान अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको थियो। अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रचण्डसँग भेट गरेर मन्त्रालयको विषयमा कुराकानी गरेका थिए।  एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।

Read More

काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो । मंगलबारका बैठकमा सहमति भए भोलि बुधबारसम्ममा मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहने छ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी,…

Read More

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल र भुटान भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार खेल्ने छन् ।

Read More