काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन तीन मन्त्रालय पाउनै पर्ने बताएको छ।
पार्टी कार्यालय बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले वर्तमान सरकार जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै तीन मन्त्रालय आफूहरुको बटमलाइन रहेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’
प्रवक्ता खतिवडाले बिहान भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए । प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् ।
Facebook Comments Box
