पाल्पा। ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत लुम्बिनी प्रदेश भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको अवलोकन गरेका छन् ।

मंगलबार गुल्मीबाट स्थलमार्ग हुँदै पाल्पा जानेक्रममा ओलीले कालीगण्डकी नदीमाथि रहेको तीन मुखे पुलको अवलोकन गरेका हुन् ।

प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रको कालीगण्डकी नदीमाथि बनेको तीनमुखे पुल अहिले पर्यटकको आकर्षण बन्ने गरेको छ
शनिबार कपिलबस्तु पुगेका ओली, आइतवार अर्घाखाँचीको कार्यक्रममा सहभागी भएर सोमबार बिहान गुल्मी पुगेका थिए। गुल्मीबाट आजबिहान पाल्पाका लागि निस्किएका हुन्। गुल्मीमा रहँदा ओलीले रेसुंगा क्षेत्रको अवलोकन गरेका थिए ।
पाँच दिने भ्रमणअन्तर्ग भोलिविहान पाल्पाबाट ओली रुपन्देहीका लागि निस्कनेछन्। त्यहाँको कार्यक्रम सकेर भोलिनै काठमाडौं फर्किने कार्यक्रम छ।
Facebook Comments Box
