काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बसिरहेको छ। समसामयिक राजनीति र मन्त्रीको विषय टुंगो लगाउन सचिवालय बैठक बोलाइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
मंगलबार बिहान अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको थियो। अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रचण्डसँग भेट गरेर मन्त्रालयको विषयमा कुराकानी गरेका थिए।
एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।
Facebook Comments Box
