काठमाडौं। मन्त्रालयको बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रालय भागबण्डादेखि न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ।
सत्ता साझेदार ११ दलमा मन्त्रालय र मन्त्रालयको संख्यामा विवाद हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। मंगलबारको बैठक निर्णायक हुने भनिएको छ।
सत्ता साझेदार सबै दलका शीर्ष नेताहरूको छलफल बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।
Facebook Comments Box
