Author: खबरमञ्च
काठमाडौं । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक बस्ने भएको छ । बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दैै सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक प्रदेश नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरेको उल्लेख गरेको छ । यसअघि सभाको पहिलो बैठक जेठ २३ गते प्रदेश सभामुख बाबुराम गौतमको आह्वानमा बसेको थियो ।
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए। कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने या नगर्ने भन्नेबारे भने असार १ गते मात्र निर्णय गर्नेछ। कार्कीविरुद्ध संसदीय समितिमा २९ वटा उजुरी परेका छन्।संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
बाजुरा । बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । बाजुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । बजेटमाथि छलफल हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले दायर गरेको रिट आइतवार सर्वोच्चले दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनु पर्ने रिट निवेदकको माग छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य…
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल प्रचण्डले अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर सांसद शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको स्मरण गराए । उनले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देशको प्रधानमन्त्री हुन नसक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ । म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालमा ठूला उपलब्धिहरु बलिदानीपूर्ण संघर्षबाट हासिल गरेको भन्दै ७० वर्षे उमेरहदबारे आफ्नो धारणा प्रष्टसँग राखेका छन् । शनिवार नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिलाभेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना नेताहरुले ठूला र कठिनपूर्ण संघर्ष पार गरेर आए पनि पूराना नेताको त्याग, संघर्ष र योगदानका विरुद्धमा अभियान नै सञ्चालन गर्न खोजिएको बताए । उनले यो अभियान अमर्यादित भएको टिप्पणी गरे । उनले भने, ‘अहिले पुरानाहरुका योगदान, त्याग, वलिदान र संघर्षको विरुद्धको अभियानसञ्चालनगर्न खोजिएको छ ।’ उनले साह्रै कठिन समयको पार गर्दै यो अवस्थासम्म आइपुगेको स्मरण गराउँदै इतिहासको सम्मान गर्नुपर्ने धारणा राखे । ‘मैले आफ्नै…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठानेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित पार्टीको प्रजातान्त्रिक भूतपूर्व सैनिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले भ्रमणको मुखैमा देशको भू भाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न समेत नसकेको बताए । उनले भने, ‘देशको जिम्मा लिएका राजनीतिक दलहरु र व्यक्तिहरुको क्रियाकलाप कस्ता छन् । देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा देशको भू – भागसमेत अंकित गरेर छिमेकी आफ्नो नक्सामा प्रकाशित गर्दा किन…
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर पनि खेल क्षेत्रलाई खेलाडीहरूले उचाइमा पुर्याउनुभयो। तर, राजनीतिक खिचातानीका कारण साँच्चैका खेल र खेलमा सहभागीहरूको उचित मूल्यांकन राज्यले गर्न सकेको छैन।’ आफूहरू प्रतिबन्धित रहेको अवस्थादेखि अहिलेसम्म खेलाडीहरूले राजनीतिकर्मीहरूलाई ‘गाइड’ गरिरहेका सभामुख घिमिरेको भनाइ थियो। नेता मदन भण्डारीको हत्या भएको पनि तीस वर्ष बितिसकेको अवस्थामा उनको…
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हद निलम्बन गरिएकोबारे स्पष्टीकरण दिएका छन्। शनिवार नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना नेताहरुले ठूला र कठिनपूर्ण संघर्ष पार गरेर आएपनि पूराना नेताको त्याग,संघर्ष र योगदानका विरुद्धमा अभियान नै सञ्चालन गर्न खोजिएको बताए । उनले यो अभियान अमर्यादित भएको टिप्पणी गरे । उनले भने, ‘अहिले पुरानाहरुका योगदान,त्याग, वलिदान र संघर्षको विरुद्धको अभियान सञ्चालन गर्न खोजिएको छ ।’ उनले साह्रै कठिन समयको पार गर्दै यो अवस्थासम्म आइपुगेको स्मरण गराउँदै इतिहासको सम्मान गर्नुपर्ने धारणा राखे ।‘मैले आफ्नै जीवनलाई पनि हेरेको छु, यी ५८ वर्ष कति कठिन…