काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए।
कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने या नगर्ने भन्नेबारे भने असार १ गते मात्र निर्णय गर्नेछ।
कार्कीविरुद्ध संसदीय समितिमा २९ वटा उजुरी परेका छन्।संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
Facebook Comments Box
