काठमाडौं । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक बस्ने भएको छ ।
बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दैै सभाको दोस्रो तथा बजेट अधिवेशनको बैठक प्रदेश नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरेको उल्लेख गरेको छ ।
यसअघि सभाको पहिलो बैठक जेठ २३ गते प्रदेश सभामुख बाबुराम गौतमको आह्वानमा बसेको थियो ।
Facebook Comments Box
