काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
बैठक १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । बजेटमाथि छलफल हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।
Facebook Comments Box
