काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठानेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको प्रजातान्त्रिक भूतपूर्व सैनिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले भ्रमणको मुखैमा देशको भू भाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न समेत नसकेको बताए ।
उनले भने, ‘देशको जिम्मा लिएका राजनीतिक दलहरु र व्यक्तिहरुको क्रियाकलाप कस्ता छन् । देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा देशको भू – भागसमेत अंकित गरेर छिमेकी आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ ।’
महाधिवेशनले प्रत्येक आम जनसमुदायको विश्वास बढेको भन्दै अब पार्टी अघि बढ्न कसैले रोक्न नसक्ने लिङ्देनले टिप्पणी गरे ।
