Author: खबरमञ्च
झापा- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ। कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको आज बसेको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिएका छन्। सिफारिस हुने व्यक्तिहरूमध्ये अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्। पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति विश्वप्रकाश शर्मा विसं २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। गत महिना पार्टी क्षेत्रीय समितिले शर्माको एकल नाम उम्मेदवारका रूपमा…
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। यसै सन्दर्भमा, झापाको दमकमा बालेनको सचिवालयका लागि सम्पर्क कार्यालय स्थापना गर्न लागिएको छ, जुन भोलि शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की स्थानीय नेतृ विन्दु सिटौला ‘लक्की’का अनुसार बालेनको सचिवालयका सदस्यहरू अहिले दमक आउने क्रममा छन्। सचिवालयका लागि आवश्यक घरको खोजी रास्वपाका जिल्ला नेताहरूले नै गरेका हुन्। बालेनको आवास र कार्यालय प्रयोजनका लागि हाल तीनवटा घरहरू पहिचान गरिएको छ। यद्यपि, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका घरका तस्बिरहरू भने आधिकारिक नभएको र वास्तविक कार्यालयको ठेगाना…
झापा- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको छ ।पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन् । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए । सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाईली (दलित), बहादुरसिंह लामा (आदिवासी…
झापा– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो राजनीतिक भविष्य र उम्मेदवारीबारे समयले नै निर्णय गर्ने बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखको पदमा रहुन्जेल कुनै दलमा आबद्ध नभई स्वतन्त्र ढंगले काम गरिरहेको स्पष्ट पारे। सभामुख घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनेमा आफू आशावादी रहेको धारणा राख्दै संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको रूपमा व्याख्या गरे। उनले भने, “भदौ २७ गते राति संसदलाई जबरजस्ती भंग गरिएको छ, जुन संविधानमाथि प्रहार गर्ने काम हो।” उनका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट संवैधानिक निकास संसद पुनर्स्थापनामार्फत नै सम्भव छ। अदालतबाट सकारात्मक फैसला आउनेमा आफू आशावादी रहेको उनले…
झापा- विर्तामोडस्थित इष्टर्न सहारा कम्पनीको तेस्रो साधारण सभामा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले राष्ट्र निर्माण र समृद्धिका लागि केवल नेतृत्वलाई मात्र दोष दिएर उम्कन नहुने बताएका छन्। उनले देशको भविष्य निर्माणमा आम नागरिकको भूमिका र जिम्मेवारी नै निर्णायक हुने स्पष्ट पारे। हमालले अहिलेको परिस्थितिमा सबैभन्दा शक्तिशाली तत्व नेपाली जनता नै भएको उल्लेख गर्दै निर्वाचनमा जनताले गर्ने एउटा निर्णयले आगामी पाँच वर्षको भविष्य तय गर्ने बताए। उनले जनतालाई आफ्नो शक्तिको प्रयोग गर्दा अत्यन्तै जिम्मेवार र सचेत हुन आग्रह गरे। विगतका गल्तीहरूबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै हमालले भोट दिएर शक्ति हस्तान्तरण गरिसकेपछि गुनासो गर्नु भन्दा निर्णय लिनुअघि नै विवेक…
झापा- मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ । युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र…
झापा- झापाको विर्तामोडस्थित गोमेन्द्र कलेजका संस्थापक, प्रतिष्ठित शिक्षासेवी गणेशप्रसाद खनालको ८५ वर्षको उमेरमा निधन भएको छ। विर्तामोड-४, भद्रपुर रोड (एक किलोमिटर) निवासी खनालको २०८२ पुस २४ गते आफ्नै निवासमा निधन भएको हो। उनको निधनले झापाको शैक्षिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनको अन्तिम संस्कार २०८२ पुस २५ गते शुक्रबार गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ११:०० बजे निजी निवासबाट उनको शवयात्रा सुरु हुनेछ। शवयात्राको क्रममा विर्तामोडको पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको विर्ता मोडेल स्कुलमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आधा घण्टा राखिने कार्यक्रम छ। त्यसपश्चात, शवयात्रा कनकाई नदीतर्फ प्रस्थान गर्नेछ र पवित्र कनकाई माईमा उनको अन्त्येष्टि गरिनेछ।
झापा- झापाको बिर्तामोडमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गर्दै एक कारोबारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो १:३० बजे बिर्तामोड–१ सूर्यनगर टोलस्थित घरमा छापा मार्दा ४० वर्षीय अजय राजवंशी पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजवंशीको घरमा चेकजाँच गर्दा प्लास्टिकमा प्याक गरिएको १३१ ग्राम ३६० मिलिग्राम र अन्यत्र लुकाइएको १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो। त्यसैगरी राजवंशीको घरबाट नेपाली नगद रु. २ लाख ६७ हजार, भारतीय नगद रु. २९ हजार ५००, डिजिटल तराजु, कैँची, चक्कु र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ…
झापा- झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। झापाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो। संघले सोमबार भद्रपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो। सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरूको थप प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ ०७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए। भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्योग–व्यवसाय क्षेत्र र स्थानीय तहबीच नङ र मासुको जस्तो सम्बन्ध…
बिर्तामोड — आधुनिक पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगलाई आत्मसात गर्दै झापाका महिला पत्रकारहरूका लागि आयोजित दुई दिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ। नारी सञ्चार गृह झापाको आयोजनामा भएको यस कार्यक्रमले महिला सञ्चारकर्मीहरूलाई डिजिटल युगको नयाँ चुनौती र अवसरसँग जुध्न सक्षम बनाउने लक्ष्य राखेको छ। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। उनले महिला पत्रकारहरूको व्यावसायिक दक्षता वृद्धिका लागि नारी सञ्चार गृहले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा महासंघले पनि यस्ता रचनात्मक कार्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न…