झापा- झापाको विर्तामोडस्थित गोमेन्द्र कलेजका संस्थापक, प्रतिष्ठित शिक्षासेवी गणेशप्रसाद खनालको ८५ वर्षको उमेरमा निधन भएको छ।
विर्तामोड-४, भद्रपुर रोड (एक किलोमिटर) निवासी खनालको २०८२ पुस २४ गते आफ्नै निवासमा निधन भएको हो। उनको निधनले झापाको शैक्षिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
उनको अन्तिम संस्कार २०८२ पुस २५ गते शुक्रबार गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ११:०० बजे निजी निवासबाट उनको शवयात्रा सुरु हुनेछ।
शवयात्राको क्रममा विर्तामोडको पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको विर्ता मोडेल स्कुलमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आधा घण्टा राखिने कार्यक्रम छ।
त्यसपश्चात, शवयात्रा कनकाई नदीतर्फ प्रस्थान गर्नेछ र पवित्र कनकाई माईमा उनको अन्त्येष्टि गरिनेछ।
Facebook Comments Box
