Author: खबरमञ्च
काठमाडौँ । अबदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ । बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए । “बीमितले…
धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरु प्रतिष्ठानको उपकूलपति कार्यालय अगाडि धर्नामा बसेका थिए । कर्मचारीहरु बिरामीको पूर्जा काट्ने विल काउण्टर बन्द गरेर तथा डाक्टरहरु बिरामी जाँच्न छाडेर धर्नामा बसेका छन् ।…
झापा । झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरूले पार्किङ करको नाममा ठगी गरेका छन् । सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेट भन्दा मेला संचालकहरुले दोब्बर/तेब्बरबढी रकम असुलेका हुन् । कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २०, मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क रु १०० र ठूला सवारी बस, ट्रकसमेतका लागि पार्किङ शुल्क रु २०० दररेट कायम गरेर मेला संचालकलाई संचालनको अनुमति दिएको थियो । तर, मेला संचालकले नगरपालिकाले तोकेको दररेटभन्दा दोब्बर/तेब्बरबढी रकम असुलेका छन् । नगरपालिकाले स्कुटर र मोटरसाइकलको लागि ५० रुपैयाँ पार्किङ…
झापा । माई मेलामा मानिसहरूको भीड बढेका कारण विगतमा कनकाई पुलमा यातायातका साधन आवागमनमा कठिनाइ उत्पन्न हुने गरेकोमा यस बर्ष भने ट्राफिक प्रहरीको सक्रियताका कारण यातायात आवागमन सहज भएको छ । कनकाई माईको मेलाको कारण कनकाई पुलमा सवारी साधनको कुनै रोकावट छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उत्कृष्ट तरिकाले ट्राफिक व्यवस्थापन गरेर सवारी साधनलाई बिना रोकावट आवतजावतमा सहजीकरण गरेको छ ।
झापा । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले गएराति कचनकवल ३ दल्कीमा दुईवटा घर भत्काएर क्षति गरेको छ । राति ११ बजेको समयमा दुर्गाभिट्टा सामुदायिक वनबाट आएको जंगली हात्तीको समूहले स्थानीय धुला राजवंशीको टिनको छानो भएको भुँइतले घर भत्काएको छ । जसबाट अन्दाजी १ लाख बराबरको क्षति भएको छ । त्यस्तै रणबहादुर लिम्बुूको टिनको छानो भएको भुँइतले घरको पूर्वपट्टिको भित्ता भत्काई घरभित्रको अन्दाजी ३० मन धान खाँदा करिव १ लाख बराबरको क्षति भएको छ । सोही हात्ती समूहले डम्बर खड्काको खेतको खमारमा राखिएको धान अन्दाजी २० मन खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा । कोशी प्रदेशकै ठूलो माई मेला कनकाई नदीको किनारमा लागेको छ । त्यहाँ भक्तजनहरुको भीड लागेको छ । माघे संक्रान्तिका दिन माघ १ गते कनकाई नदीको किनारमा माई मेला लाग्ने गरेको छ । नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो । कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत भक्तजनहरु आउने गर्दछन्। मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ। त्यसैले कनकाई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी…
झापा । झापाको बिर्तामोड – ३ स्थित डोमालाल राजवंशी रंगशालामा सातौं भाक्का दिवस धुमधामका साथ मनाइएको छ । पूर्वी तराईमा लोकप्रिय खाने परिकारको रुपमा रहेको भाक्कालाई दिवस कै रुपमा मनाउन थालिएको हो । यस बर्ष सातौं भाक्का दिवस रहेको राजवंशी समाज विकास समितिले जनाएको छ । राजवंशी समाज विकास समितिको आयोजनमा सुरु भएको भक्का दिवसमा हजारौंको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिए । उनका अनुसार १५० जनाले भाक्का पकाएका थिए । सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाइ निशुल्क रुपमा खुवाइएको थियो । राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवर्द्धन, संरक्षण र विकासमा योगदान…
झापा । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नं ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो ३.३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४.२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ ।
झापा । झापा प्रहरीले एक महिनामा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुष महिनामा त्यति फरार प्रतिवादी पक्राउ परेका हुन् । अदालतहरुबाट बिभिन्न मितिमा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरुसंग समन्वय गरी फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले ती प्रतिवादीबाट १८ बर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुलउपर भएको जानकारी दिए ।