झापा । कोशी प्रदेशकै ठूलो माई मेला कनकाई नदीको किनारमा लागेको छ ।
त्यहाँ भक्तजनहरुको भीड लागेको छ । माघे संक्रान्तिका दिन माघ १ गते कनकाई नदीको किनारमा माई मेला लाग्ने गरेको छ ।
नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो । कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत भक्तजनहरु आउने गर्दछन्।
मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ। त्यसैले कनकाई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।


Facebook Comments Box
