झापा । झापाको बिर्तामोड – ३ स्थित डोमालाल राजवंशी रंगशालामा सातौं भाक्का दिवस धुमधामका साथ मनाइएको छ ।
पूर्वी तराईमा लोकप्रिय खाने परिकारको रुपमा रहेको भाक्कालाई दिवस कै रुपमा मनाउन थालिएको हो । यस बर्ष सातौं भाक्का दिवस रहेको राजवंशी समाज विकास समितिले जनाएको छ ।
राजवंशी समाज विकास समितिको आयोजनमा सुरु भएको भक्का दिवसमा हजारौंको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
उनका अनुसार १५० जनाले भाक्का पकाएका थिए । सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाइ निशुल्क रुपमा खुवाइएको थियो ।
राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवर्द्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाउन थालिएको अध्यक्ष राजवंशीको भनाइ छ ।
कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आएकी थिइन् ।
पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।





