Author: खबरमञ्च
झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सोमबार बिहान ७.१५ बजे भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित ३ जनाको मृत्यु भएको हो। घाइते तथा मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।…
झापा- झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताए । यसैगरी जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ । आइतबार बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको र हालसम्म मृतकको पहिचान हुन नसकेको…
बिर्तामोड- सामाजिक सुरक्षा कोष (SSF) ले आफ्ना योगदानकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न अस्पतालहरूसँग अनलाइन सम्झौता गर्ने क्रममा अब मनमोहन मेमोरियल अस्पताल, बिर्तामोडमा पनि यो सेवा सुरु भएको छ। यो व्यवस्था लागू भएपछि योगदानकर्ताहरूले उपचार खर्चको ८० प्रतिशत रकम सिधै कोषबाट पाउनेछन्। नयाँ व्यवस्था अनुसार, योगदानकर्ताहरूले अस्पतालमा उपचार गराउँदा कुल खर्चको २० प्रतिशत मात्रै भुक्तानी गरे पुग्नेछ। बाँकी ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई उपलब्ध गराउनेछ। यसबाट उपचारपछि भुक्तानी दाबी गर्न कोषको कार्यालयमा धाउनु पर्ने झन्झटको अन्त्य हुनेछ। योजनाहरूमा सहज पहुँच यो सुविधा ‘उपचार तथा मातृत्व सुरक्षा योजना’ र ‘दुर्घटना र अशक्तता सुरक्षा योजना’ अन्तर्गतका स्वास्थ्य सेवा, औषधि र…
खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३, छोरम्बुमा हराएका दुई दिदीभाइको शव फेला परेपछि त्यसलाई गाडिएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउन २२ गते घरमा कसैलाई नबताई ६ जना बालबालिका हराएका थिए। तीमध्ये ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेगराज बस्नेतको शव राति १२ बजे दिप्रुङ–२ स्थित चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा भेटिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ती बालबालिका पौडी खेल्न जाँदा भीरबाट लडेर खोलामा डुबेर मृत्यु भएको जनाएको छ। मृत्युपछि परिवारले साउन २३ गते शवलाई कानुनी प्रक्रिया नपु¥याई लाफेटार भन्ने ठाउँमा गाडेको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले साउन २४ गते उक्त स्थानमा पुगेर चिहानलाई नियन्त्रणमा लिएको हो।…
झापा- प्रहरीले झापामा तस्करी भइरहेको करिब ८ क्विन्टल सखुवाको काठ बरामद गरेको छ। गए राति करिब १:३० बजे कन्काई नगरपालिका-४ को त्रिवेणी टोलस्थित कोटीहोमबाट टेक्रा जाने बाटोको छेउमा रहेको झाडीमा गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले उक्त काठ बरामद गरेको हो। बरामद गरिएको काठ हाल इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ। यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा- झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन्। घटना हिजो बिहान करिब १० बजे भएको थियो। तामाङलाई आफ्नै घरको भान्सा कोठामा सरसामान सारिरहेको बेला सर्पले टोकेको थियो। सर्पले टोकेपछि उनलाई तत्काल नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोडमा लगिएको थियो। तर, चिकित्सकले राति साढे ८ बजे जाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए। घटनाको अनुसन्धान गर्न प्रहरी चौकी महारानीझोडाबाट एक टोली खटाइएको र मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
सुनसरी- धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा गएराति करिब १:३० बजे आएको पहिरोले एक घरमा क्षति पुर्याएको छ भने १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। अविरल वर्षासँगै आएको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग भत्किएको छ। स्थानीयवासीहरू पहिरोको त्रासमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। घटनापछि वडा नं. ३ का सदस्य मिङ्मा भोटे घटनास्थल पुगेका थिए। उनले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहयोगमा पर्खाल निर्माण लगायतका काम हुने बताएका छन्। गत वर्ष पनि सोही क्षेत्रमा पहिरो गएपछि पाँच लाख वडा र १४ लाख नगरपालिकाबाट पहिरो रोकथामका लागि बजेट विनियोजन गरिएको थियो। अहिले वडा कार्यालयले क्षतिको विवरण संकलन…
काठमाडौं- भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिका–२ का कम्तीमा १३ र बर्दियाका ४ जना नेपाली नागरिक बेपत्ता भएका छन्। कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत १३ जनाभन्दा बढी सम्पर्कविहीन भएको जानकारी दिँदै नेपाल सरकारलाई भारतसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। बेपत्तामध्येका एक नवीन सिंहले बुबासहित सात जना हराएको जानकारी दिएका छन्। बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि घटना परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावासमा पठाइसकेको जानकारी दिएका छन्। बाढीमा एक सयभन्दा बढी बेपत्ता र कम्तीमा ५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाली दूतावासले भारतीय निकायसँग समन्वय जारी राखेको छ।
झापा- झापाको बिर्तामोडमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागुऔषध फेला परेको एक महिना नपुग्दै कमल गाउँपालिकाबाट पनि प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति करिब ९ बजे गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले कमल गाउँपालिका वडा नम्बर ६, काँटाचोकका बिष्णुप्रसाद बगालेको घरमा छापा मारेको थियो। घर तलासी गर्दा दोस्रो तलाको कोठामा लुकाएर राखिएको अवस्थामा प्रहरीले ३,००० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड, २,११० ट्याब्लेट डिसाइक्लोमिन हाइड्रोक्लोराइड र २,०५० ट्याब्लेट स्पास्पेन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद गरिएका लागुऔषधसहित घरधनी बगाले र दमक वडा…
झापा- झापाको कनकाई नगरपालिका–३, सुरुङ्गामा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्।बिहान करिब ७:१५ बजे खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगो लाग्दा ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन्। ध्रुव श्रेष्ठको घरमा भाडामा बस्दै आएकी दाहालको शरीरका विभिन्न भागमा गम्भीररूपमा डढेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक रूपमा कनकाई नगर अस्पतालमा उपचार गरिएको दाहाललाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ। आगलागीका कारण कोठाभित्र रहेका दुई ओछ्यान, दराज, भान्साको र्याक, लत्ता–कपडा र अन्नपात पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीले घटनाको…