सुनसरी- धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा गएराति करिब १:३० बजे आएको पहिरोले एक घरमा क्षति पुर्याएको छ भने १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्।
अविरल वर्षासँगै आएको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग भत्किएको छ। स्थानीयवासीहरू पहिरोको त्रासमा रातभर जाग्राम बस्न बाध्य भएका छन्।
घटनापछि वडा नं. ३ का सदस्य मिङ्मा भोटे घटनास्थल पुगेका थिए। उनले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहयोगमा पर्खाल निर्माण लगायतका काम हुने बताएका छन्।
गत वर्ष पनि सोही क्षेत्रमा पहिरो गएपछि पाँच लाख वडा र १४ लाख नगरपालिकाबाट पहिरो रोकथामका लागि बजेट विनियोजन गरिएको थियो। अहिले वडा कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको छ।
Facebook Comments Box