खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३, छोरम्बुमा हराएका दुई दिदीभाइको शव फेला परेपछि त्यसलाई गाडिएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साउन २२ गते घरमा कसैलाई नबताई ६ जना बालबालिका हराएका थिए। तीमध्ये ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेगराज बस्नेतको शव राति १२ बजे दिप्रुङ–२ स्थित चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा भेटिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ती बालबालिका पौडी खेल्न जाँदा भीरबाट लडेर खोलामा डुबेर मृत्यु भएको जनाएको छ।
मृत्युपछि परिवारले साउन २३ गते शवलाई कानुनी प्रक्रिया नपु¥याई लाफेटार भन्ने ठाउँमा गाडेको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले साउन २४ गते उक्त स्थानमा पुगेर चिहानलाई नियन्त्रणमा लिएको हो।
अब घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी टोली खटिएको छ। दिदीभाइसँगै हराएका अन्य चार बालबालिका भने सकुशल भेटिएका छन्।