झापा- झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन्।
घटना हिजो बिहान करिब १० बजे भएको थियो। तामाङलाई आफ्नै घरको भान्सा कोठामा सरसामान सारिरहेको बेला सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उनलाई तत्काल नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो।
त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोडमा लगिएको थियो। तर, चिकित्सकले राति साढे ८ बजे जाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए।
घटनाको अनुसन्धान गर्न प्रहरी चौकी महारानीझोडाबाट एक टोली खटाइएको र मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
