Author: खबरमञ्च

भद्रपुर (झापा)- प्रादेशिक अस्पताल भद्रपुरमा सोमबारदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू) सेवा सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताकाअनुसार करिब १२ वर्षअघि आवश्यक उपकरण खरिद गरिए पनि जनशक्ति अभावका कारण सेवा सुरु हुन सकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारका लागि एनआइसीयू उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयले हाल चार जना डाक्टर उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआइसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डा गुप्ताले जानकारी दिए । जनशक्ति उपलब्ध भएपछि विगत १२ वर्षदेखि अस्पतालको ‘स्टोर’मा राखिएका उपकरण प्रयोगमा ल्याइएका हुन् । एनआइसीयू सेवा सञ्चालनमा…

Read More

बुधबारे- बुधबारे जेसीज बर्ष २०२६ को नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ । निर्वाचित पदहरुका लागि मनोनयन दर्ता सोमबार सम्पन्न भएको हो । बुधबारे जेसीजको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयुक्त जेसी दुर्योधन सिंह राजपुतका अनुसार अध्यक्षको दौडमा जेसी गजेन्द्र योङ्हाङ लिम्बू, जेसी कुशल अधिकारी र जेसी कृष्ण ढकाल उत्रिएका छन्। कार्यकारिणी उपाध्यक्षका दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेहरूमा जेसी भेषराज राई, जेसी विजय धिमाल, जेसी सोमनाथ भट्टराई, जेसी तार्केश्वर नाथ साहा र उमेश भट्टराई रहेका छन्। त्यस्तै, उपाध्यक्षका चार पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयुक्त राजपुतले जानकारी…

Read More

भारतको तटीय क्षेत्र गोवामा रहेको एक लोकप्रिय नाइटक्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बताए अनुसार मृत्यु हुनेहरूमध्ये अधिकांश उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका कर्मचारी रहेको र केही पर्यटक पनि रहेका छन्। शनिबार मध्यरातमा क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएका कारण आगलागी सम्पूर्ण स्थलभर फैलिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गोवाको आगलागीलाई “गहिरो दुखद” भनेका छन्। “आगलागी मुख्यतया भुइँ तल्लामा रहेको भान्सा क्षेत्र वरिपरि केन्द्रित थियो,” गोवाका प्रहरी महानिर्देशक आलोक कुमारले भने। “मध्यराततिर आगलागी भएको थियो। अहिले नियन्त्रणमा आइसकेको छ।” प्रायः शवहरू भान्सा वरिपरि फेला परेकाले “मृतकहरू क्लबमा कार्यरत…

Read More

झापा- झापाको अर्जुनधारामा जारी खुला महिला भलिबल प्रतियोगिताको अवसरमा न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राईलाई एक लाख सात हजार रुपैयाँसहित सम्मान गरिएको छ। बिर्तामोड र अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरूले १९ वर्षदेखि न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिँदै दुई दर्जनभन्दा बढी उपाधि जिताउन सफल प्रशिक्षक राईको योगदानको कदर गर्दै उनलाई दोसल्ला र ढाका टोपी ओढाएर सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले संयुक्त रूपमा ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। त्यसैगरी, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५०० रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ, अर्जुनधारा…

Read More

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच शुक्रवार अपरान्ह शिष्टाचार भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली देउवाको महाराजगञ्जस्थित निवासमा पुगेर भेटेका हुन्। यो भेटघाट ‘जेन-जी आन्दोलन’ यताको पहिलो भेट भएको बताइएको छ। तत्कालीन समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार रहँदा भएको उक्त आन्दोलनको कारण ओली सत्ताच्युत हुनुपरेको थियो। सोही क्रममा देउवा दम्पतीमाथि उनको बुढानीलकण्ठस्थित निवासमा भौतिक आक्रमण, र देउवा तथा ओली दुवै नेताको निवासमा आगजनी र तोडफोड समेत भएको थियो। भेटका क्रममा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, दुई शीर्ष…

Read More

झापा- झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोपमा ८ जनालाई जेल चलान गरिएको छ। झापा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि सुनसरीका २२ वर्षीय शाहिद हुसैन अन्सारी, बिर्तामोडका ४५ वर्षीय नवराज राई, र २१ वर्षीय बादल राजवंशीलाई आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार पठाइएको हो। यसअघि नै राजन चौधरी, आयुष धिमाल र अनिश मण्डललाई पनि कारागार पठाइसकिएको थियो। नवराज राईमाथि तेहोरो र अनिश मण्डल, शाहिद हुसैन अन्सारी, पूजा मगर, र सुरज राईमाथि दोहोरो अभियोग लागेको प्रहरीले जनाएको छ। बिर्तामोड घटनाका अन्य दुई प्रतिवादीहरू— २४ वर्षीया पूजा…

Read More

काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो । आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले यही मङ्सिर २४ गते बिहान १०ः०० देखि…

Read More

झापा- सप्तरीको कञ्चनरुप नगरपालिकामा बिहीबार राति बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना यात्रु घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम लोकमार्गअन्तर्गत कञ्चनरुप–२, बरमझियामा राति करिब १०:४५ बजे भएको हो। दुर्घटनामा जनकपुरबाट काँकडभिट्टातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक संलग्न थिए। बसमा सवार अन्दाजी ५० वर्षीय पुरुषको धर्मेश्वर अस्पताल ठेलिया, सप्तरीमा उपचारका क्रममा राति ११:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधबप्रसाद काफ्लेले जानकारी दिए। मृतकको नाम, थर र वतन खुल्न सकेको छैन र शव सोही अस्पतालमा…

Read More

झापा- झापाको दमकमा सडकमा हिँड्ने क्रममा अचानक लडेर एक वृद्धको मृत्यु भएको छ। घटना बुधबार दिउँसो करिब ४:१५ बजे दमक वडा नम्बर ५ को क्याम्पस मोडमा भएको हो। अर्जुनधारा ४ बस्ने ६२ वर्षीय युवराज पौडेल सडकमा हिँडिरहेका बेला अचानक लडेर बेहोस भएका थिए। उनलाई तत्काल अचेत अवस्थामा फेला पारी उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएर चिकित्सकले चेकजाँच गर्दा पौडेलको मृत्यु भइसकेको पुष्टि भएको थियो। घटनाका विषयमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक विपन विश्वकर्माको कमान्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणसहितका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। कारागार चलान हुनेहरूमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने गौरव भुजेल (२०), पाँचथर मिक्लाजुङ ३ बस्ने सुशिल फियाक, दमक ७ बस्ने शिव मल्लिक (१९), इलाम चुलाचुली २ बस्ने दर्शन लिम्बू (२२), गौरादह ३ घर भई हाल दमक ९ बस्ने सुन्दर गिरी (१९), गौरीगञ्ज ३ बस्ने रमेश पासवान (४६) र सोही ठाउँका सोनु पासवान (१९) रहेका छन्।…

Read More