बुधबारे- बुधबारे जेसीज बर्ष २०२६ को नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ । निर्वाचित पदहरुका लागि मनोनयन दर्ता सोमबार सम्पन्न भएको हो ।
बुधबारे जेसीजको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयुक्त जेसी दुर्योधन सिंह राजपुतका अनुसार अध्यक्षको दौडमा जेसी गजेन्द्र योङ्हाङ लिम्बू, जेसी कुशल अधिकारी र जेसी कृष्ण ढकाल उत्रिएका छन्।
कार्यकारिणी उपाध्यक्षका दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेहरूमा जेसी भेषराज राई, जेसी विजय धिमाल, जेसी सोमनाथ भट्टराई, जेसी तार्केश्वर नाथ साहा र उमेश भट्टराई रहेका छन्।
त्यस्तै, उपाध्यक्षका चार पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयुक्त राजपुतले जानकारी दिए।
उपाध्यक्षका प्रत्याशीहरूमा धर्मेन्द्र फागो लिम्बू, उत्तम तिम्सिना (उमेश), विष्णु कुमार भट्टराई, अर्जुन मेन्याङ्बो लिम्बू र अन्जन वाग्ले रहेका छन्।
बुधबारे जेसीजको स्थापना सन् २०१२ मा भएको थियो।
