झापा- झापाको दमकमा सडकमा हिँड्ने क्रममा अचानक लडेर एक वृद्धको मृत्यु भएको छ। घटना बुधबार दिउँसो करिब ४:१५ बजे दमक वडा नम्बर ५ को क्याम्पस मोडमा भएको हो।
अर्जुनधारा ४ बस्ने ६२ वर्षीय युवराज पौडेल सडकमा हिँडिरहेका बेला अचानक लडेर बेहोस भएका थिए। उनलाई तत्काल अचेत अवस्थामा फेला पारी उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएर चिकित्सकले चेकजाँच गर्दा पौडेलको मृत्यु भइसकेको पुष्टि भएको थियो। घटनाका विषयमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक विपन विश्वकर्माको कमान्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Facebook Comments Box
