Author: खबरमञ्च
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ ।उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् । प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ ।…
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको हो । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । उम्मेदवारहरूले मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन…
काठमाडौं । तेस्रो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदैछ । शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभाका ५५० र संघीय संसद्का ३३२ जना मतदाता रहेका छन् । मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुनेछ । उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।…
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ९ रनले हराउँदै जित हासिल गरेको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट रिक्त सांसद पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय गरेको छ । यसअघि मुस्लिम क्लस्टरबाट समानुपातिक सांसदको सूचिमा दोस्रो नम्बरमा रहेकी उनलाई बिहिबार बसेको केन्द्रिय कार्यकारिणी बैठकले प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेको हो । पार्टीका समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई पठाउने निर्णय भएको पार्टी प्रचार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए । उनले भने ‘ पार्टीको तर्फबाट रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय आजको बैठकले गरेको छ ।’ रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम…
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,’ प्रवक्ता गिरीले भने । दाहाल प्रधानमन्त्री बन्दा समर्थन गरेका एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि संविधानबमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्विटर ह्यान्डल (@PM_Nepal_) रिकभर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट पुन: सञ्चालन गर्न सफल भएको उल्लेख गरेको छ। ‘हिजो बेलुकादेखि ट्विटर ह्याण्डलमा अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरू गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं’, प्रधानमन्त्री कार्यालयको ट्विटमा भनिएको छ, ‘ट्विटर ह्याण्डलमा टु फ्याक्टर अथेन्टिकेसन लगायतका सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको छ।’
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको लागि बैठक राखेर निर्णय नगर्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’ उपराष्ट्रपतिको निर्वाचनमा कित्ता क्लियर नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले…
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो। आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध खेलिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन् । उनले २८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अर्धसतक बनाएका हुन् । ३७ रनमा ३ विकेट गुमाएर संकटमा परेको बेला कुशलको यो अर्धसतक निकै महत्वपूर्ण छ । अहिले कुशल र भीम सार्की क्रिजमा छन् । यी दुई ब्याटरबीच अर्धसतकीय साझेदारी पनि भइसकेको छ । नेपालमा कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० बनायो ।