काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बिहीबार पत्र पठाएका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ,’ प्रवक्ता गिरीले भने ।
दाहाल प्रधानमन्त्री बन्दा समर्थन गरेका एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि संविधानबमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।
Facebook Comments Box
