आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध खेलिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन् ।
उनले २८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अर्धसतक बनाएका हुन् । ३७ रनमा ३ विकेट गुमाएर संकटमा परेको बेला कुशलको यो अर्धसतक निकै महत्वपूर्ण छ । अहिले कुशल र भीम सार्की क्रिजमा छन् । यी दुई ब्याटरबीच अर्धसतकीय साझेदारी पनि भइसकेको छ ।
नेपालमा कप्तान रोहितकुमार पौडेल १६, कुशल मल्ल ५ र आसिफ शेख शुन्यमा आउट भए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३१० बनायो ।
Facebook Comments Box
