काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्विटर ह्यान्डल (@PM_Nepal_) रिकभर भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट पुन: सञ्चालन गर्न सफल भएको उल्लेख गरेको छ।

‘हिजो बेलुकादेखि ट्विटर ह्याण्डलमा अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरू गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं’, प्रधानमन्त्री कार्यालयको ट्विटमा भनिएको छ, ‘ट्विटर ह्याण्डलमा टु फ्याक्टर अथेन्टिकेसन लगायतका सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको छ।’
Facebook Comments Box