Author: खबरमञ्च
झापा- हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई पुलको ठेक्का तोडिने निश्चित भएको छ। १४ वर्षअघि ठेक्का सम्झौता भएर पनि काम अलपत्र छाडिएपछि सरकारले यस्तो निर्णय लिन लागेको हो। यस पुलको ठेक्का २९ जेठ २०६८ मा भएको थियो, तर अहिलेसम्म यसको भौतिक प्रगति ५६ प्रतिशत मात्र पुगेको छ। पुलको ठेक्का पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा लिएको थियो। महादेव खिम्ती कम्पनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो। सुरुमा ७२५ मिटर लामो यो पुलको काम पप्पु कन्स्ट्रक्सनले सुरु गरेको थियो, जसका मुख्य व्यक्ति पूर्वसांसद हरिनारायण रौनियार हुन्। समयमै काम नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिसकेको छ र…
झापा- इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक सुभाष केसीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषित गरेको छ। शिवसताक्षी नगरपालिका–१०, माइधारका ३३ वर्षीय सरोज शर्मालाई अपहरणपछि हत्या गरिएको घटनाको सफल अनुसन्धान र दोषीलाई कारबाही गर्न उनले खेलेको महत्त्वपूर्ण भूमिकाको मूल्याङ्कन स्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो। प्रहरी निरीक्षक केसीले कात्तिक ९ गते अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा भएको अपहरण, शरीर बन्धक र ज्यान सम्बन्धी कसुरको अनुसन्धान कुशलतापूर्वक अगाडि बढाए। अनुसन्धानकै क्रममा उनले शङ्कित व्यक्तिहरूको पहिचान र निगरानी गर्दै कात्तिक १३ गते मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनमा मृतक सरोज…
विराटनगर- झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ४ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१ का भक्त बहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनिराज राईलाई विराटनगर-१५ स्थितबाट ६ सय ९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुने धरान-६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे-१ का दावा शेर्पा र…
झापा- झापामा ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीबाट लुटिएका ठूलो सङ्ख्याका हतियार, गोली र अश्रुग्यासका सेलहरू अझै फेला परेका छैनन्। प्रहरी स्रोतका अनुसार, जम्मा २४ थान हतियार लुटिएकोमा हालसम्म ४ थान मात्र भेटिएका छन्। यसरी लुटिएका बाँकी २० थान हतियार कहाँ छन् भन्नेबारे प्रहरी अनभिज्ञ छ। फिर्ता नभएका हतियारहरूमध्ये ५ थान सानो हतियार, ११ थान लामो हतियार (एसएलआरलगायत), र ४ थान शर्टगन/ग्यासगन रहेका छन्। हतियारका साथसाथै ९,३३२ राउण्ड गोली र १०९ सेल अश्रुग्यास पनि गायव नै रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। आन्दोलन भएको करिब अढाई महिना बितिसक्दासमेत यति ठूलो मात्रामा लुटिएका हतियार र बारुद फेला नपर्दा जिल्लामा सुरक्षा चुनौती बढेको देखिएको…
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–९ बस्ने १९ वर्षीय सुन्दर गिरी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार, जेनजी आन्दोलनका बेला इप्रका दमकको कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने र प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गर्ने कार्यमा उनी संलग्न थिए। विभिन्न फोटो तथा भिडियो फुटेजको आधारमा इप्रका दमकबाट खटिएको टोलीले उनलाई गएराति १:१० बजे नियन्त्रणमा लिएको हो। पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हाल इप्रका दमकमा राखिएको छ। यससँगै, जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गरेको आरोपमा पक्राउ पर्नेहरूको कुल सङ्ख्या ३० पुगेको छ। यसअघि बिर्तामोडबाट…
झापा- झापाको भद्रपुरस्थित झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ बस्ने ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। उनी २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गर्दै आएका थिए। आज बिहान ८ बजे अचानक प्रेसर बढेपछि लिम्बूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो। उपचारका क्रममा बिहान ८: ४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार, घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि…
काठमाडौँ- यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक…
काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न भीमबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् । मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न तथा बिरामी मगरलाई पूर्वसांसद शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका हुन् । केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ थिए। गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीवार त्यहाँ पुगेर उनको अवस्था नियाल्दै आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । डा. शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानावास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाउन निर्देशन दिए…
झापा- बाराको सिमरामा जारी युवाहरुको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले निकट युवा संघका कार्यकर्तालाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरुले बिहीवार पनि आन्दोलन जारी राखेका थिए । बिहीवार अपरान्हदेखि शुक्रवार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन् । युवा संघका ८ जना नेता कार्यकर्तालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै महेन्द्र राजर्माग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका छन् । राजमार्गमा गरेको अवरोध हटेपछि सार्वजसनक तथा निजी सवारी साधानको आवागमन सहज भएको छ । बुधवार नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा जाने तय भएसँगै जेन जी युवाहरुले आन्दोलन शुरु गरेका थिए ।
काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । बिहीवार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्षा उक्त मस्यौदा पेश गर्ने निर्णय गरेको हो । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।