Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भएको छ । ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु पुगेका छन् । अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीको बैठक बस्दैछ ।

Read More

काठमाडौं । विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् । बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । लामिछानेले धरौतीविरुद्ध पनि पुनरावदेन दिएका छन्।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भइरहेको छ । कांग्रेससहितको पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला दाहाल-ओली ‘निर्णायक’ छलफलमा बसेका छन् । यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने विषयमा छलफल भएको थियो ।

Read More

काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारमा सहमति जुटाउन दलहरूले छलफललाई तीव्र पारेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा कांग्रेस, माओवादीसँगै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु पनि सहभागी छन् । राष्ट्रपतिका विषयमा छलफल गर्न कांग्रेसबाट सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, पूर्ण बहादुर खड्कालगायतका नेताहरू बालुवाटार पुगेका छन् ।  १० पुसमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने अडान राखिरहेका छन् ।  तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति नेपाली…

Read More

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

Read More

काठमाडौं । राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।   मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भइ निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिएका छन् । राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । यसैगरी अन्य चार…

Read More

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सुरू भएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा तीन दलबीच बैठक सुरू भएको हो। माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल लगायत सहभागी छन्। राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले शीर्ष नेताहरूबीच छलफल जारी छ।

Read More

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका हुन्। पुरानै गठबन्धन ब्युँत्तीन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भेन, ‘हैन, अहिले फाइनल छैन केही पनि।’

Read More

काठमाडौं। राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धनमा कुरा नमिलिरहेको अवस्थामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको एउटा निर्णयप्रति आपत्ति जनाएका छन्। बिहीवार आफ्नै निवास बालकोटमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारले हिंसा दिवस ९जनयुद्ध दिवस० लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ती जनाएका हुन्। हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दुस्खद पक्ष भएको भद्ददे उनले भने ,’हिं‌सा टुंगिएको थियो। तर हिंसाको धङधङी अझै पनि छ जस्तो देखिन्छ कतिपय मानिसको क्रियाकलापमा। अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुस्खद निर्णय गर्यो। यसले हिंसाको मानसिकता हिंसाप्रति गर्व गर्ने प्रवृति नदेखिन्छ।’…

Read More

काठमडौँ। उपप्रधान तथा ऊर्जा जलश्रोत तथा सिचाईँमन्त्री राजेन्द्र लिङदेनले १५०० मेगावाटसम्मको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयमा आफ्नो नाम गलत ढंगले प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। करिब ४ वर्षदेखि पीपीए रोकिँदा जलविद्युत्मा नयाँ लगानी पनि रोकिन पुगेको थियो। त्यसैलाई मध्यनजर गर्दै गत माघ २६ गते मन्त्री लिङ्देनको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९३०औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाको १५ सय मेगावाट बराबर विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको थियो। पीपीए खुला गर्ने निर्णयको निजी क्षेत्रले समेत स्वागत गरेको थियो। तर उक्त निर्णय गर्दा मन्त्री लिङदेनले…

Read More