काठमाडौं। राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धनमा कुरा नमिलिरहेको अवस्थामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको एउटा निर्णयप्रति आपत्ति जनाएका छन्।
बिहीवार आफ्नै निवास बालकोटमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारले हिंसा दिवस ९जनयुद्ध दिवस० लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ती जनाएका हुन्। हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दुस्खद पक्ष भएको भद्ददे उनले भने ,’हिंसा टुंगिएको थियो। तर हिंसाको धङधङी अझै पनि छ जस्तो देखिन्छ कतिपय मानिसको क्रियाकलापमा। अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुस्खद निर्णय गर्यो। यसले हिंसाको मानसिकता हिंसाप्रति गर्व गर्ने प्रवृति नदेखिन्छ।’
नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताए। ‘आफैले छोडेर त्यो बाटो शान्ति प्रक्रियामा आइसकेपछि किन त्यसको महिमामण्डन गर्नुपर्यो,’उनले भने,’यसले संझीसंझीकन हिंसाप्रतिको पुरानो लगाव संयोगजस्तो मात्र लाग्छ मलाई। ‘
सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएको थियो।
