नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सुरू भएको छ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा तीन दलबीच बैठक सुरू भएको हो।
माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल लगायत सहभागी छन्।
राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले शीर्ष नेताहरूबीच छलफल जारी छ।
Facebook Comments Box
