काठमाडौं । विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दर्ता गरेको पुनरावेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् ।
बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । लामिछानेले धरौतीविरुद्ध पनि पुनरावदेन दिएका छन्।
Facebook Comments Box
