Author: admin

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् । यो चुनावमा पनि गठबन्धन दलका वीचमा चुनावी सहकार्य गर्ने विषयमा गठबन्धन दलहरु सहमत छन् । जसकाकारण सिट बाँडफाँटका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् ।

Read More

काठमाडौं । चुनावको मिति घोषणा भएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्न लागेको हो । आज विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको थियो । निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।

Read More

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन् । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो । निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ । निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको…

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।

Read More

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन गर्ने काम स्थगित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको हो । शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन बिहीबार भने जारी रहनेछ ।

Read More

Kathmandu. The government has announced to hold the federal and provincial assembly elections on November 20, 2022. The cabinet meeting held on Thursday took the decision to hold the elections on that day. The meeting of the ruling parties held on Wednesday had agreed to hold the elections on that day. A day after that agreement, the government has decided to hold the elections on November 20.

Read More

काठमाडौं । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको हो। बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।

Read More

Kathmandu. A Cabinet meeting is being held to announce the date for federal and provincial elections. It is believed that the government is going to announce the date for the election. ‘The government is going to announce date for federal and provincial elections,’ Home Minister Bal Krishna Khand said. The meeting of ruling parties today morning agreed to announce the date for elections on Mangsir 4, 2079.

Read More

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका हुन् । सो विमानमा ७९ जना यात्रु सवार थिए । उडिरहेको विमानमा समस्या देखिएपछि प्रायः यात्रु आत्तिका थिए । विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको यात्रुले बताएका छन् ।

Read More