काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् ।
यो चुनावमा पनि गठबन्धन दलका वीचमा चुनावी सहकार्य गर्ने विषयमा गठबन्धन दलहरु सहमत छन् । जसकाकारण सिट बाँडफाँटका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुको भनाई छ ।
आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् ।
Facebook Comments Box