काठमाडौं । चुनावको मिति घोषणा भएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दैछ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्न लागेको हो ।
आज विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो ।
निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् ।
चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।
Facebook Comments Box