काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ ।
विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका हुन् ।
सो विमानमा ७९ जना यात्रु सवार थिए ।
उडिरहेको विमानमा समस्या देखिएपछि प्रायः यात्रु आत्तिका थिए ।
विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको यात्रुले बताएका छन् ।
Facebook Comments Box