काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन गर्ने काम स्थगित गर्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको हो ।
शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ ।
स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन बिहीबार भने जारी रहनेछ ।
Facebook Comments Box