काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन् ।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो ।
निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ । निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘निर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको विषय टुंगो लगाउँछौं ।’ महतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले अभियान नै सञ्चालन गर्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।