Author: admin

इलाम । इलामको लक्ष्मीपुरमा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर रहेको बताइएको छ । सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरबाट १५ जना मलामी बोकेर गएको मे १ च ५९९९ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ सडकमा पल्टिँदा ११ जना घाइते भएका हुन् । ६ जना सामान्य घाइतेको उपचारका लागि इलाम जिल्ला अस्पताल लगिएको छ भने ५ जना गम्भीर घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।  बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरेको समेत बताए। बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने,  ‘‘महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ। दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’  बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ।

Read More

काठमाडौं। निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। बुधवार बिहान ९ बजे बालुवाटार पुगेका ओली र प्रधानमन्त्री देउवाबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो। भेटमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल पनि उपस्थित थिए। भेटमा एमााले अध्यक्ष ओलीले हालै संसदमा टेबुल भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधेयकलाई लिएर आपत्ति जनाएका थिए। सरकारले प्रतिपक्षसँग एकपटक पनि सल्लाह नगरि विधेयक ल्याएको भन्दै ओलीले आपत्ति जनाएका थिए। यसबाहेक राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधि सभाबाट…

Read More

काठमाडौं । सत्ता गठबन्धनका नेताहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सिट बाँडफाँडकाे विषयमा छलफल हुनेछ । गठबन्धनले सिट बाँडफाँडबारे मंगलबार नै टुंगाेमा पुगिने बताएकाे थियाे । तर मंगलबारकाे बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बाेलाइएकाे हाे । मंसिर ४ काे चुनावमा एमाले विरुद्ध गठबन्धन गर्ने निर्णय गरेकाे गठबन्धनलाई सिटकाे भागबण्डा मिलाउन भने सकस परेकाे छ । गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि शीर्ष नेता नै भागबण्डा मिलाउन जुटेका छन् ।  सिट भागबण्डा टुंगो लगाउन नसकेपछि कार्यदलले गठबन्धनका शीर्ष नेतालाई सामूहिक वा एक्लाएक्लै बसेर छलफल गर्न सुझाव दिएको छ । कांग्रेस नेता…

Read More

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धी महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपराह्न २ः०० बजे बस्नेछ । मङ्गलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेस गर्न मौका दिने गरी कार्य तालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेस गर्नुपर्ने छ । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्य तालिका बनाएको छ । प्रस्तावित कार्य तालिका मङ्गलवारको बैठकमा प्रस्तुत भएको थियो । उता, प्रमुख…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर मातहतका शिक्षक तथा कर्मचारीलाई दलको आबद्धता त्याग्न निर्देशन दिएका छन् । उनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका हुन् । उनले प्रेस विज्ञप्ति निकाल्दै राजनीतिक दलसंगको आबद्धता त्याग्न निर्देशन दिए । राजनीतिक आबद्धता कायम राखेको भएमा त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न उनले निर्देशन दिएका हुन् । उनले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने समेत शिक्षक तथा कर्मचारीलाई चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका कर्मचारी सेवा…

Read More

काठमाडौं। सर्वोच्च अदालते कर्मचारी समायोजन विवादमा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको इजलासले मंगलबार फैसला सुनाएको हो। ९८ थान रिटमा सर्वोच्चले फैसला सुनाउँदै अधिकांश रिट खारेज गर्ने फैसला गरेको छ। सर्वोच्चले २७ रिटमा भने परमादेश जारी गरिएको छ।

Read More

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक जारी छ। सिंहदरबारस्थित कानून समितिको हलमा बैठक जारी छ। । बैठकमा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्ने भनिएको छ। यद्यपि, प्रमुख प्रतिपक्षी एमालेका सदस्यले ६ महिनासम्म सदनमा अड्काएर राखिएको प्रस्ताव टुंगोमा पुग्ने सुनिश्चितता खोजिरहेको छन्। जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

Read More

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण प्रतिनिधिसभाको आउँदो निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । यस्तै, एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको उनको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरुपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं’ पुनले भने । मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फरि पनि…

Read More

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश भएको छ । ३१ असार २०७९ मा दर्ता भएको यो विधेयक मंगलबार संसदमा टेबुल भएको हो । विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन् । विरोधको सूचनामाथि गरिएका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दीले सातै प्रदेशमा परामर्श गरिएको, सरोकारवालापक्षहरुसँग प्रयाप्त छलफल गरेर विधेयक ल्याइएको बताए ।

Read More